काठमाडौ, कात्र्तिक १६
लक्ष्मी बैंकले एसियाली विकास बैंक (एडिबी) को ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामबाट सन् २०२० को लागि नेपालको अग्रणी साझेदार बैंक (टिएससिएफपी) को रुपमा सम्मान प्राप्त गरेको छ । टिएससिएफपी सँग २०१९ जुलाइ १ देखि २०२० जुन ३० को अवधिमा नेपालबाट सर्वाधिक कारोबार गरेवापत हालै सम्पन्न एक भर्चुअल कार्यक्रमका बीच बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।
लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२१ शाखा, ७ वटा एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्टतथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरुमा रहेको छ ।