neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ललितपुरको महालक्ष्मीबाट ११ लाख ५५ हजार सहित १८ जुवाडे पक्राउ

ललितपुरको महालक्ष्मीबाट ११ लाख ५५ हजार सहित १८ जुवाडे पक्राउ

Nov 1st, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १६ कात्तिक

ललितपुर महालक्ष्मी नगरपालिका –७ चाङ्गाथलिबाट जुवा खेल्ने १८ जना पक्राउ परेका छन् ।एक व्यक्तिको दुई तले निजी घरमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले शनिबार राति १८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय शंकर बस्नेत, दिप श्रेष्ठ,भरत थापा ,राजाराम बस्नेत ,राजन महर्जन,ललितपुर महालक्ष्मी–५ का भुवन रानामगर, बेल बहादुर बुढाथोकी, विशबहादुर बुढाथोकी, सन्तोष रानामगर, र काठमाडौँ–३२ बस्ने गोकुल खड्का ,भक्तपुर सु.न.पा.२ बस्ने सुरेश पौडेल , पूर्णकृष्ण श्रेष्ठ ,विकास श्रेष्ठ, केशव बस्नेत,मधुसुदन महत, पवन खत्री र श्याम कायस्थ रहेको प्रहरी प्रभाग सातदोबाटोका प्रहरी प्रमुख मित्रबन्धु शर्माले जानकारी दिए। प्रहरीले जुवा खालबाट रु ११ लाख ५५ हजार ५ सय बरामद गरेको छ ।

पक्राउ पर्नेलाई जुवातास ऐनअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi