आधारभूमि संवाददाता
काठमाडौँ, १६ कात्तिक
बायर्न म्युनिख जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बायर्न म्युनिखले एफसी कोलनलाई २-१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।
बायर्न म्युनिखलाई जित दिलाउन थोमस मुलर र सर्जी जिनाब्रीले एक-एक गोल गरे । एफसी कोलनको डोमिनिक ड्रेक्सलरले एक गोल फर्काए ।
खेलको १३ औं मिनेटमा थोमस मुलरले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ४५ औं मिनेटमा सर्ज जिनाब्रीले गोल गर्दै पहिलो हाफमा बायर्न म्युनिखलाई २–० ले अघि बढाए।
दोस्रो हाफको ८२ औं मिनेटमा डोमिनिकले एक गोल फर्काए । त्यसपछि कुनै गोल हुन सकेन र खेल बायर्न म्युनिखले जितेको हो।
जितसँगै बायर्न म्युनिखले ६ खेलबाट १५ अंक छ र शीर्ष स्थानमा उक्लिएको छ। पराजित एफसी कोलन २ अंक सहित १६ औं स्थानमा छ ।दोस्रो स्थानको डार्टमन्डको पनि ६ खेलबाट १५ अंक छ।