neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • आफ्नै आमालाई कुटपिट गरेको अभियोगमा पक्राउ

आफ्नै आमालाई कुटपिट गरेको अभियोगमा पक्राउ

Oct 31st, 2020

सिरहा, कात्र्तिक १५

आफ्नै आमा ८५ वर्षीया सुदामा देवी साहलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा कर्जन्हा नगरपालिका ३ खैरा टोल बस्ने ४७ वर्षीय राम अवतार साह सोनारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

घरायसी झैझगडाको कारण सोनारले मंगलबार आफ्नै आमालाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात जनकपुर हुँदै थप उपचारको लागि सिरहा जिल्ला अस्पताल पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi