neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • क्रिस्टियानो रोनाल्डो १९ दिनपछि कोरोना मुक्त

क्रिस्टियानो रोनाल्डो १९ दिनपछि कोरोना मुक्त

Oct 31st, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १५ कात्तिक

पोर्चुगलका कप्तान तथा युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका छन् ।रोनाल्डो १९ दिनपछि कोरोना मुक्त भएका सेरी ए क्लबले शुक्रवार एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

पोर्चुगल फुटबल महासंघले गत अक्टोबर १३ मा विज्ञप्ति जारी गर्दै रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि भएको घोषणा गरेको थियो।रोनाल्डोलाई कोरोनाको कुनै लक्षण नदेखिएको र स्वास्थ अवस्था ठिक रहेको थियो।

गत अक्टोबर २२ मा क्रिस्टियानो रोनाल्डोको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको थियो।

उनले स्विडेनसँगको खेल गुमाएका थिए ।यस्तै सिरी (ए) को दुई र च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको दुई खेल गुमाएका थिए ।

गत बुधबार मात्र समूह (जी)को खेलमा बार्सिलोनाले युभेन्ट्सलाई २–० ले गोल अन्तरले पराजित गरेको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi