neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • चितवन मेडिकल कलेजमा कोरोना सङ्क्रमणबाट दुई वृद्धको मृत्यु

चितवन मेडिकल कलेजमा कोरोना सङ्क्रमणबाट दुई वृद्धको मृत्यु

Oct 30th, 2020

चितवन, १४ कात्तिक /रासस

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना सङ्क्रमणबाट दुई वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा एक चितवनका र अर्का रुपन्देहीका छन् ।

अस्पतालका अनुसार रत्ननगर नगरपालिका–९ का ८८ वर्षीय कोरोना सङ्क्रमित वृद्ध रहेका छन् । उच्च रक्तचाप र मधुमेहको समस्या भएका उनी अस्पतालमा कात्तिक ११ गते भर्ना भएका थिए । उनको स्वाब परीक्षण गर्दा १२ गते कोरोना पुष्टि भएको थियो ।

अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारको क्रममा आज बिहान ६।५४मा उनको मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा किशोर अधिकारीले जानकारी दिनुभयो ।

यस्तै अर्का रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–८ का ८४ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । अस्पतालका अनुसार उनी कात्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका थिए । ज्वरो, उच्च रक्तचाप र श्वासप्रश्वासको समस्या भएका उनको बिहीबार राति ११:४७ बजे मृत्यु भएको डा अधिकारीले जानकारी दिनुभयो । उनको स्वास्थ्यमा जटिल समस्या भएपछि कोभिड सघन उपचार कक्षमा राखेर उपचार हुँदै आएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi