neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पुतलीबजारको लगानीमा बाडखोला गैरीखेत सडक खण्ड पिच

पुतलीबजारको लगानीमा बाडखोला गैरीखेत सडक खण्ड पिच

Oct 30th, 2020

स्याङजा, कात्र्तिक १४

पुतलीबजार नगरपालिकाको कार्यालयले आफ्नै लगानीमा बाडखोला नयाँबजार सडक मर्मतकार्य अन्तरगत करिब ३ सय मिटर पिच गरेको छ । पुतलीबजार नगरपालिकाले करिब ६४ लाखको लागतमा करिब ३ सय मिटर गैरीखेतमा पिच गरेको हो ।

गैरीखेतकी स्थानीय जमुना हमालले सडक र्ममत तथा पिचको कार्यले टोलमा विकास आएको अनुभुती भएको बताएकी छन् । उनीले सडकको पिचले पानी आउदा हिलो र घाम लाग्दा धुलो हुनेबाट टाढा हुने बताउदै बाटो पिच गरिदिएकोमा पुतलीबजार नगरपालिकालाई धन्यवाद ज्ञापन दिईन् । आर्थिक वर्ष २०७६ फागुनमा ठेक्का सम्झौता भएकोमा एन एण्ड ए कन्ष्ट्रक्सन एण्ड सप्लायर्सले बाटोको पिचको जिम्मा लिएको थियो । कन्ष्ट्रक्सनले कोरोना संक्रमणका कारण समयमा विच गर्न नसक्दा समय थपेर कन्ष्ट्रक्सनले २०७७ साल असोजमा पिचको काम पुरा गरेको थियो । थपीएको समयमा एन एण्ड ए कन्ष्ट्रक्सन एण्ड सप्लायर्सले सडक पिचको काम सम्पन्न गरेको पुतलीबजार नगरपालिकाका सव–इन्जीनियर अरुण पौडेलले जानकारी दिए । सव–इन्जीनियर पौडेलले सडक पिच तथा मर्मत कार्य सम्पन्न पछि स्थानीय लगायत तनहुँ, कास्की र स्याङजाबासीले सडक उपभोग गर्न सक्ने बताए ।

सडक वोर्डको ७० प्रतिशत र पुतलीबजार नगरपालिकाको ३० प्रतिशत लगानी रहेको बार्डखोला नयाँबजार सडक मर्मत कार्यमा पाईप कल्भर्ट, नाला, मेसीनरी वाल र कालोपत्रे लगायत मर्मत तथा सम्भार भएको थियो । पुतलीबजार नगरपालिकाको वडा नम्बर ३, गैरीखेतमा करिब ६४ लाखमा पिच भएको हो । पुतलीबजार नगरपालिकामा जनप्रतिनिधिहरु आएपछि पहिलाको पुतलीबजार र अहिलेको पुतलीबजारमा धेरै परिवर्तन आएको पुतलीबजार नगरपालिकाकी नगरप्रमुख सिमा कुमारी क्षेत्रीले बताईन् । नगरप्रमुख क्षेत्रीले विकास निर्माण अन्तरगत विभिन्न सडकहरु, शिक्षा तथा स्वास्थ्य, खेलकुद देखी पर्यटन र रचनात्मक तथा नगरबासीहरुलाई सचेत बनाईएको जानकारी दिईन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi