neapl investment mega bank
  • गृहपृष्ठ
  • अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ-अध्यक्ष थापा

अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ-अध्यक्ष थापा

Oct 30th, 2020

काठमाडौँ,१४कात्र्तिक

अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको भन्दै राप्रपा अध्यक्ष कमल थापाले देशको स्वतन्त्रतारअस्तित्ववारे समयमै सचेत बन्न सबैलाइ आग्रह गर्नुभएकोछ।

सामाजिक संजालमा आज एक सन्देश दिदै अध्यक्ष थापाले भारत र चिनसंगको संवन्धमा सत्तारूढ र प्रमुख प्रतिपक्ष दलको रणानीतिको आलोचना गर्नु भएको छ ।सत्तारुढ र प्रमुख प्रतिपक्षदलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको अध्यक्ष थापाको भनाइ छ । नेपालका लागि भारत र चिनसंगको सम्वन्धमा रणनीतिक संतुलन,समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो भन्दै अध्यक्ष थापाले सत्तारूढ नेकपा र मुख्य विपक्षी काँग्रेसको गलत विदेश नीति तथा व्यवहारको आलोचना पनि गर्नु भएको छ ।

राप्रपा अध्यक्ष कमल थापा लेख्नुहुन्छः भारत र चिनसंगको सम्वन्धमा रणनीतिक संतुलन,समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो।तर,सत्तारुढ र प्रमुख प्रतिपक्षदलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ।देशको स्वतन्त्रतारअस्तित्ववारे समयमै सचेत बनौं ।