neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली कार्यक्रम

आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली कार्यक्रम

Oct 30th, 2020

बागलुङ, कात्र्तिक १४

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यका अभिभावकको निधनप्रति शोक व्यक्त गर्दै बिहीवार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । संस्थाले सञ्चालन गरेको शेयर सदस्य र सदस्यका परिवारका सदस्यहरुको निधनमा प्रदान गरिने मृत्यु राहत रकम अन्तरगत बिहीवार बागलुङ नगरपालिका वडा नं. ५ मालिका तल्लो बान्द्रीमा श्रद्धाञ्जली सभा गरी मृत्यु राहत रकम प्रदान गरेको हो ।

संस्थाका शेयर सदस्य मातृका प्रसाद आचार्यका पिता बालकृष्ण शर्माको निधन भएको एघारौ तिथी पारेर संस्थाले मृतकको घरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । संस्थाका उपाध्यक्ष अनन्त बहादुर खड्काले शेयर सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम र श्रद्धाञ्जली वक्तत्व मृतककी छोरी शान्ति आचार्यलाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका प्रशासन विभाग प्रमुख कमला क्षेत्रीले गर्नु भएको थियो । संस्थाले शेयर सदस्यको निधनमा १५ हजार र सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रुपैया मृत्यु राहत रकम प्रदान गर्दै आइरहेको छ ।

साविक धौलागिरि अञ्चलको पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले धौलागिरि जागरण दैनिक पत्रिका, अग्रसर साप्ताहिक पत्रिका प्रकाशनका साथै आदर्शसञ्चार अनलाइन सञ्चालन गर्दै आइरहेको छ । धौलागिरि टेलिभिजन सञ्चालनमा सहकार्य गर्दै आएको संस्थाले सूचना र सञ्चारसंगै वित्तीय कारोबार लगायत सामाजिक सेवाका विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ ।

संस्थामा हाल २१ सय जना शेयर सदस्य, ४ करोड ५० लाख शेयर रकम, ३१ करोड वचत, २७ करोड कर्जा लगानी रहेको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi