neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • युरोपा लिग फुटबलमा आर्सनलको शानदार जित

युरोपा लिग फुटबलमा आर्सनलको शानदार जित

Oct 30th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १४ कात्तिक

युरोपा लिग फुटबलमा आर्सनलले शानदार जित निकालेको छ। बिहिबार राति भएको खेलमा आर्सनलले डुनडल्कलाई ३–० गोलले पराजित गरेको हो ।

आर्सनललाई जित दिलाउन एडी निक्केया, जोसेफ विलोक र निकोलस पेपेले एक-एक गोल गरे ।

खेलको ४२ औं मिनेटमा एडी निक्केया गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।त्यसको २
मिनेटपछि जोसेफ विलोकले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

दोस्रो हाफको ४६ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई ३-० को शानदार जित दिलाए ।

जितसंगै समूह “बी”मा रहेको आर्सनलले २ खेलबाट ६ अंक जोडेको छ र शीर्ष स्थानमा छ।

समूह जीको अर्को खेलमा लेस्टर सिटीले एइके एथेन्सलाई २–१ गोलले पराजित गरेको छ ।

लेस्टर सिटीलाई जित दिलाउन जेमी भार्डीले १८औं मिनेटमा पेनाल्टीमा र हमजा चोधरीले ३९औं मिनेटमा एक-एक गोल गरे । एइके एथेन्सको मुअम्बर टेन्कोविकले ४९ औं मिनेटमा एक गोल फर्काए ।

जितसंगै समूह “जी”मा रहेको लेस्टर सिटीले २ खेलबाट ६ अंक जोडेको छ र शीर्ष स्थानमा छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi