neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

अवैध लागूऔषध चरेस सहित पक्राउ

Oct 29th, 2020

धादिङ, कात्र्तिक १३

गजुरी गाउँपालिका ६ आदमघाटस्थित सडकबाट करिब २ केजि ८ सय ग्राम अवैध लागूऔषध चरेश सहित सोही गाउँपालिका ७ तल्लो पेटारे बस्ने २५ वर्षीय सोमलाल तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले तामाङलाई जाँच गर्दा उनले बोकेको झोलामा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi