neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना संक्रमण

सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना संक्रमण

Oct 29th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १३ कात्तिक

सञ्चारकर्मी रवि लामिछानेलाई र उनकी पत्नी निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।लामिछानेले सामाजिक सन्जाल फेसबुक मार्फत् आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका हुन् ।

सञ्चारकर्मी लामिछानेलाई गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि बुधबार आफ्नो र पत्नी निकिता पौडेलको पिसिआर परिक्षण गराउँदा रिपोर्ट पोजेटिभ देखिएको हो ।

लामिछानेले फेसबुकमा लेखेका छन्, ‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi