neapl investment mega bank aadharbhumi aadharbhumi

किनको दुई गोलमा पीएसजीको जित

Oct 29th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १३ कात्तिक

च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले टर्कीस क्लब इस्तानबुल बासाकेशिरलाई पराजित गरेको छ । बुधबार राति समूह (याच)को खेलमा पीएसजीले बासाकेशिरलाई २–० ले गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन मोइस किनले दुई गोल गरे । किनले दुवै गोल दोस्रो हाफमा एम्बाप्पेको पासमा गरेका थिए ।

दोस्रो हाफको ६४ औं मिनेटमा मोइस किनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि ७९ मिनेटमा किनले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको जीत सुनिश्चित गरे ।

जितसँगै पीएसजीले ३ अंक जोडेको छ र दोस्रो स्थानमा रहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi