neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • एक महिनामा २५०० जनाले ट्राफिक प्रहरीको अनलाईन सेवा पाए,कसरी लिने त अनलाईन सेवा ?

एक महिनामा २५०० जनाले ट्राफिक प्रहरीको अनलाईन सेवा पाए,कसरी लिने त अनलाईन सेवा ?

Oct 29th, 2020

काठमाडौ, कात्र्तिक १३

महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाईसेन्स, बिलबुक र पर्मिट हराएको सिफारिस हालसम्म २५०० जनालाई अनलाइन मार्फत सेवा प्रदान गरेको छ । सिफारिस लिनका लागि ट्राफिक कार्यालय धाउनुपर्ने बाध्यतालाई हटाई थप प्रविधिमैत्री बनाउन तथा कोभिड १९ माहामारीको विषम परिस्थितलाई पनि मध्येनजर गर्दे ट्राफिक महाशाखाले असोज ५ गते देखी घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले उक्त सिफारिस अनलाईनबाटै बनाउन मिल्ने बनाएको थियो ।

महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले हराएको लाईसेन्स, बिलबुकर पर्मिटको लागि धेरै दिन लगाएर सेवाग्राही ट्राफिक प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताए । उनले ट्राफिक कार्यालय गएर कोभिड १९ को यस महामारीको समयमा पनि भीडभाडमा लाइन बसेर निवेदन दिने र सिफारिस रिपोर्ट लिनुपर्ने दिनको अन्त्य भईसकोले सेवाग्राहीले घरमै बसेर सिफारिस रिपोर्ट लिनहुन पनि विशेष अनुरोध गरे ।

दैनिक दुई सयको हाराहारीमा सेवाग्राहीले महाशाखामा हराएको सिफारिसको लागि आवेदन दिने गरेकोमा हालसम्म अनलाइन मार्फत १,३८४ जनाले लाईसेन्स, १०६९ जनाले बिलबुक र ४७ जनाले पर्मिटहराएको बारेमा निवेदन दर्ता गराएकोमा १,७१० जनालाई अनलाइनबाटै सिफारिस दिई सकेकोज ानकारी महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादवले दिए । उनले बाग्मती प्रदेश बाहेक अन्य प्रदेशमा दर्ता भएका तथा पूर्ण विवरण नभरेको, डब्बल निवेदन दिएका ७९० वटा निवेदन रिजेक्ट गरिएको पनि बताए ।

कसरी लिने त अनलाईन सेवा ?

सिफारिस रिपोर्ट आवश्यक पर्ने व्यक्तिले अब ट्राफिक प्रहरीको वेबसाइटमा गएर फर्म भर्नुपर्ने हुन्छ । वेबसाइट खोलेपछि दायाँतर्फ रहेको अनलाईन एप्लिकेसन भित्र लस्ट डकुमेन्टस एप्लिकेसनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि माग भएबमोजिम सेवाग्राहीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ ।

यस्तै, सेवाग्राहीले एप्लिकेसनमा क्लिक गरेपछि कुन हराएको डकुमेन्ट्सको सिफारिस आवश्यक परेको हो,त्यो सेलेक्ट गरेपछि निवेदकको नाम फोन नम्बर, ठेगाना र आफ्नो परिचय खुल्ने नागरिकता वा लाईसेन्स वा पासपोर्टको फाईलवा स्क्यान कपि सेवाग्राहीले अनलाइन प्रणालीबाटै दिनुपर्ने हुन्छ ।

माग भएअनुसार सबै विवरण सबमिट गरिसकेपछि सेवाग्राहीलाई एप्लिकेसन नम्बर प्राप्त हुन्छ ।सेवाग्राहीले अनलाइनबाट फाराम भरेको २४ घण्टापछि सिफारिस पाप्त गर्न वा लिन सक्नेछन ।यसको लागि सेवाग्राहीलेउक्त एप्लिकेसनमा रहेको चेक एप्लिकेसनमा क्लिक गरी दिएको एप्लिकेसन नम्बर, पुरा नामथर र डकुमेन्ट्स नम्बर राखेर सिफारिस रिपोर्ट लिन सक्नेछन र उक्त सिफरिस रिपोर्टको प्रिन्ट लिएर यातायात कार्यालयमा गई आफ्नो लाईसेन्स वा सवारीको डकुमेन्ट बनाउन सकिनेछ ।

त्यस्तै, महाशाखाले हराएको सवारी साधनको निवेदन र सिफारिस पनि अनलाईनबाटै दिने व्यवस्था गरेको छ । यसकोलागि सवारी धनीले ट्राफिक प्रहरीको वेबसाइटमा गएर फर्म भर्नुपर्ने हुन्छ । वेबसाइट खोलेपछि दायाँतर्फ रहेको अनलाईन एप्लिकेसन भित्र रहेको लस्ट भेईकल एप्लिकेसन मा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि सेवाग्राहीले एप्लिकेसनमा क्लिक गरेपछि माग भएबमोजिम सेवाग्राहीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi