neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • लगातार दोस्रो जितसँगै लिभरपुल शीर्ष स्थानमा

लगातार दोस्रो जितसँगै लिभरपुल शीर्ष स्थानमा

Oct 28th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १२ कात्तिक

युरोपियन च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित निकालेको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले एफसी मिड्टजिल्यान्डलाई २-० गोलले पराजित गरेको हो ।

लिभरपुलको जितमा डिएगो जोटा र मोहम्मद सालाहले एक-एक गोल गरे ।लिभरपुलले दुवै गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ५५ औं मिनेटमा लोकोमोटिभ डिएगो जोटाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा मोहम्मद सालाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई जित दिलाए ।

जितसँगै समूह (डी)मा रहेको लिभरपुलले २ खेलबाट ६ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजित मिड्टजिल्यान्ड तालिकाको पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi