neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • अमेरिकामा कोरोना महामारीमा नेपालीहरुको यसरी बडा दशैँ मनाए (अमेरिकाभरका विशेष तस्बिरहरु सहित )

अमेरिकामा कोरोना महामारीमा नेपालीहरुको यसरी बडा दशैँ मनाए (अमेरिकाभरका विशेष तस्बिरहरु सहित )

Oct 27th, 2020

विजय थापा, डिसी

काठमाडौँ, ११ कात्तिक

कोरोना महामारीको चपेटामा बिश्व मै सर्वाधिक थिलथिलो भएको राष्ट्र अमेरिकाका विभिन्न राज्य तथा शहरमा बसोबास गर्ने नेपालीहरुले २०७७ सालको बिजया दशमी मनाएका छन् । अमेरिकामा समयको फरक हुने हुनाले मनाउने क्रम जारी छ ।

गत बर्ष झैँ नेपाली समुदायले दुई वटा साइतमा दुई दिन टीका लगाएका छन । नेपाली समुदायले गत अक्टोबर २५ आइतबार र अक्टोबर २६ सोमबारका दिन टीका ग्रहण गरेका र दशैं मनाएका तस्बिरहरु सामाजिक संजालमा छताछुल्ल राखिएका छन् ।

यस पटक महामारीको कारण आफन्त, ठूला बडा, मान्यजनहरुबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका तथा जमरा आआफ्ना घर भित्र मात्र थापेका छन् । आफ्ना एकल परिवार वा घर भित्रै रहेका परिवार सदस्यहरु बीच मात्रै दशैं मनाए भने जानै पर्ने स्थानमा भने परोक्ष (भर्चुअल) जुम या सिधै संचार उपकरणबाट प्रत्यक्ष रुपमा दृश्य देखिने उपकरण प्रयोग गरि आशिर्वाद लिएका छन ।
नजिक जानै पर्ने स्थानमा मुखावरण (मास्क)समेत लगाएर दशैं मनाएका छन । अमेरिकामा नेपालकै शुभ साइत बिहान १० बजेर १९ मिनेट देखि टिका थाप्न सुरु गरेका थिए । अमेरिकामा दशमी सोमबार कामको दिन परेता पनि अधिकांश नेपालीले बिदा लिएर भएता पनि आफ्नो संस्कृति, परम्परा तथा चाडपर्वलाई मनाएका छन् ।

महामारीमा बाहिर निस्कन नपाइने हुनाले यस पटक अधिकांश नेपालीहरुले नेपाल जस्तै गरि परिवार अनुसार नौ दिनसम्म आफ्ना पूजा कोठामा दुर्गा पूजा गरि किस्तीमा जमरा राखेका छन् । अमेरिकामा रहेका नेपालीहरुको मन्दिर र सामुदायिक केन्द्रले समेत जमरा वितरण गरेका छन् । विजयादशमी आफैँमा शुभ दिन भएकाले दिन भरि नै टीका लगाउने साईत हुने भएता पनि कोही आवत जावत नगर्ने भएकोले छिट्टै सम्पन्न भएको छ ।

जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ िअसत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजया दशमी बडा दसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो । अमेरिकामा दशैको दिनमा सेलरोटि, मासुका विभिन्न परिकार,नेपाली शैलीका अचार तथा शाकाहारीको लागि फलाहार आदि ईत्यादी समेत आफु, परिवार तथा अतिथिहरुलाई खुवाएका छन् ।

बर्ष दिनमा आउने महान चाड दशैंमा नेपाली पोशाक दौरासुरुवाल, भाद गाउले तथा ढाका टोपीमा सजिएका देखिन्थे भने महिलाहरु पनि बिसेष राता सारी (फरिया) तथा गरगहनामा सजिएका थिए । ठूलालाई भन्दा साना बाल बालिकाहरुका लागि दशैं निकै रमाइलो हुने हुनाले अमेरिकामा जन्मिएका बालबालिकाहरु टिका जमरा र खाममा डलर पैसा दिदा निकै दङ्ग परेका देखिन्थे ।
अमेरिकामा हाल ३ पुस्ते परिवार पनि निकै भएकोले नेपाली समुदायले हजुरबा, हजुरआमा, मातापिता, सासुससुरा, पुरोहित, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनिहरुबाट ऐश्वर्य वृद्धि, तथा दीर्घायुको आशीर्वाद समेत लिएका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi