neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • कुटपिट गरी आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ

कुटपिट गरी आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ

Oct 25th, 2020

कञ्चनपुर, ९ कात्तिक

आफ्नै आमा ६० वर्षीया पार्वती बादीको कुटपिट गरी हत्या गरेको अभियोगमा पुनर्वास नगरपालिका-३ सुकुमबासी टोल बस्ने ३० वर्षीय पप्पु बादीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

घरायसी बिबादको क्रममा छोराको कुटपिटबाट गम्भीर घाइते भएकी पार्वतीको स्थानीय पुनर्वास पोलिक्लिनिक हुँदै सेती प्रादेशिक अस्पातल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले कुटपिट गर्ने पप्पुलाई नियन्त्रणमा लिएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi