neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पीएसजीको जितमा एमबाप्पे र किनले गरे दुई–दुई गोल

पीएसजीको जितमा एमबाप्पे र किनले गरे दुई–दुई गोल

Oct 25th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ९ कात्तिक

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा शानदार जित निकालेको छ ।शनिबार राति भएको खेलमा पीएसजीले घरेलु मैदानमा डिजोनलाई ४-० गोलले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन मोइस किन र केलियन एमबाप्पेले दुई -दुई गोल गरे । पीएसजीले दुई गोल पहिलो हाफमा र दुई गोल दोस्रो हाफमा गरेको हो ।

खेलको तेस्रो मिनेटमा मोइस किनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। ७७ औं मिनेटमा किनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ८२ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।त्यसको ६ मिनेटपछि एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको जीत सुनिश्चित गरे ।

जितसँगै पीएसजीले ८ खेलबाट १८ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ। पराजित डिजोन २ अंक सहित पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi