neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पहिलो एल क्लासिकोमा रियलसंग बार्सिलोना पराजित

पहिलो एल क्लासिकोमा रियलसंग बार्सिलोना पराजित

Oct 25th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ९ कात्तिक

सिजनको पहिलो एल क्लासिकोमा रियल म्याड्रिडसंग बार्सिलोन पराजित पराजित भएको छ । शनिबार भएको सिजनको पहिलो एल क्लासिकोमा रियल म्याड्रिडले बार्सिलोनालाई उसैको घरेलु मैदान (क्याम्प नाउ) मा ३–१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई पराजित गर्ने क्रममा रियलका फेडेरिको भालभर्डे, कप्तान सर्जियो रामोश र लुका मोड्रिचले एकरएक गोल गरे ।बार्सिलोनाका अन्सु फातीले एक गोल फर्काए ।

खेलको पहिलो मिनेटमा रियलका फेडेरिको भालभर्डेले करिम बेन्जेमाको पासमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको ३ मिनेटपछि बार्सिलोनाका अन्सु फातीले गोल गर्दै खेल बराबरीमा फर्काए ।

दोस्रो हाफको ६३ औं मिनेटमा रियलका कप्तान सर्जियो रामोशले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । बार्सिलोनाका लेग्लेटले पेनाल्टी क्षेत्रमा रामोसलाई फउल गरेपछि रियलले पेनाल्टीको अवसर पाएको थियो ।त्यसपछि खेलको ९० औँ मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियलको जीत सुनिश्चित गरे ।

जितसंगै रियल म्याड्रिडले ६ खेलबाट १३ अंक जोडेको छ र शीर्ष स्थानमा छ। पराजित बार्सिलोनाको ५ खेलमा ७ अंक छ र दशौँ स्थानमा रहेको छ । दोस्रो स्थानको एलेटिको म्याड्रिडको ५ खेलबाट ११ अंक छ।

aadharbhumi
aadharbhumi
aadharbhumi