neapl investment mega bank aadharbhumi aadharbhumi

दशैँ मनाउन कैदीबन्दीलाई खसी

Oct 24th, 2020

कञ्चनपुर, ८ कात्तिक/रासस

कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीलाई बडादशँैं मनाउनका लागि खसी उपलव्ध गराइएको छ । लालझाडी गाउँपालिकाले कैदीबन्दीलाई खसी उपलब्ध गराएको हो । कैदीबन्दीले दशैंँ सहज रुपमा मनाउन पाऊन् भन्ने उद्देश्यले खसीसँंगै फलफूल र चिउरा पनि उपलब्ध गराइएको छ ।

गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले सरकारले दिने सिदाले नपुग्ने भएकाले मीठोमसिनो खानका लागि तिनलाई खसी उपलब्ध गराइएको बताउनुभयो । यसैगरी नेपाली काँग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य दिवानसिंह विष्टले पनि कारागारमै पुगेर कैदीबन्दीलाई खसी प्रदान गर्नुभएको छ । सो कारागारमा तीन सयभन्दा बढी कैदीबन्दी छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi