काठमाडौ, कात्र्तिक ८
नेपालीहरुको महान चाड दशैलाई लक्षित गरी एनएमबी बैंकका ग्राहकहरुले दशमीको दिन मोबाईल बैंकिङ्गबाट दक्षिणा दिंदा तीन सय रुपैयाँसम्मको क्याश ब्याक पाउने भएकाछन ।
एनएमबी नेपालकै पहिलो बैंक हो जसले ओम्नी च्यानल शुरु गरी मोबाईलबाटै केवाईसी अपडेट लगायतका बिभिन्न दैनिक उपभोग्य बस्तुको भुक्तानी र फण्ड ट्रान्सफर सुविधाहरु घरमै बसी बसी उपभोग गर्ने गरी सरल योजना प्रस्तुत गरीसकेको छ ।
बैंकले हाल १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।