neapl investment mega bank
  • गृहपृष्ठ
  • विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ लाख ४२ हजार नाग्यो

विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ लाख ४२ हजार नाग्यो

Oct 23rd, 2020

आधारभूमि संवाददाता
काठमाडौ, कात्र्तिक ७

विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या ११ लाख ४२ हजार नागेको छ ।

नेपाली समय शुक्रबार १२:०० बजे सम्म विश्वभरीमा ४ करोड २० लाख ३ हजार ६० जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् भने हालसम्म विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ११ लाख ४२ हजार ८७४ व्यक्तिको मृत्यु भएको छ ।

सङ्क्रमितमध्ये हालसम्म ३ करोड ११ लाख ९० हजार ९४७ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ९६ लाख ६९ हजार २३९ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ७५ हजार ८० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित भारतमा देखिएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ८६ लाख ६१ हजार ६५१ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख २८ हजार ३८१ पुगेको छ ।

दोस्रो धेरै प्रभावित भएको भारतमा ७७ लाख ६१ हजार ३१२ जना सङ्क्रमित भएका छन् भने १ लाख १७ हजार ३३६ जनाको मृत्यु भएको छ ।

त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ५३ लाख ३२ हजार ६३४ जना सङ्क्रमित भएका छन् भने एक लाख ५५ हजार ९६२ जनाको मृत्यु भएको छ ।

स्रोत: वर्ल्डोमीटर

https://www.worldometers.info/coronavirus/