neapl investment mega bank aadharbhumi aadharbhumi

गैंडाको खाग सहित पक्राउ

Oct 22nd, 2020

काठमाडौं, कात्र्तिक ६

संरक्षित वन्यजन्तु गैंडाको खाग कारोबारमा संलग्न रहेको अभियोगमा सुनसरी ईनरुवा नगरपालिका ७ घर भई काठमाडौं कपन बस्ने ४९ वर्षीय राजेन्द्र रिजाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका ६ चुच्चेपाटी पासाङ ल्यामु चोकबाट गैंडाको खाग भन्दै बिक्री गर्न साथमा लिई हिंडिरहेको अवस्थामा रिजाललाई महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

रिजाललाई थप अनुसन्धान तथा कारवाहीको लागि गैंडाको खाग सहित जिल्ला वन कार्यालय हात्तीसार पठाइएको उक्त महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi