काठमाडौ, कात्र्तिक ६
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले” डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ” योजना सार्वजनिक गरेको छ । बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्ग मार्फत दशैमा दक्षिणा पठाउँदा २५ प्रतिसत सम्म क्यासब्याक प्राप्त गर्ने भएकाछन् । बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले दशैंको दिन देखि द्वादशी सम्मतिन पटक गरी पाँच सय भन्दा बढी दक्षिणा पठाएमा सो क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसरी दक्षिणा पठाउँदा बिबरणमा भने “दक्षिणा” भनी खुलाउन पर्ने छ ।
महान चाड दशैलाई लक्षितगरि ल्याइएको यस योजनाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने र कोभिड नियन्त्रण बिरुद्धको यात्रामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैकले देशैभरी फैलिएकाआफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे छ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।