आधारभूमि संवाददाता
काठमाडौ, कात्र्तिक ६
पूर्व मन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद गोकुल बाँस्कोटालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनले ट्वीटर मार्फत् आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका हुन् ।आफू र श्रीमतीलाई कोरोना देखिए पनि दुई छोरालाई भने कोरोना नेगेटिभ देखिएको उनले बताएका छन्।
उनले आफूलाई लक्षणबिनै संक्रमण देखिएको जनाएका छन् । उनले आफूले पछिल्लो दश दिन यता कसैलाई पनि नभेटेको पनि जनाएका छन् ।