neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • काठमाडौं उपत्यकामा ३ हजार १०७ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ३ हजार १०७ जना कोरोना संक्रमित थपिए

Oct 21st, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ५ कात्तिक

बुधवार काठमाडौंमा उपत्यकामा थप ३ हजार १०७ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ३ हजार १०७ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका २३९१ जना, ललितपुरका ५४३  र भक्तपुरका १७३  जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि मंगलबार उपत्यकामा १७०२ सङ्क्रमित थपिएका थिए।

नेपालमा बुधवार थप ५७४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या १ लाख ४४ हजार ८७२ पुगेको छ । पछिल्लो २४ घण्टामा २९९६ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ९९ हजार ६०५ पुगेको छ ।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७९१  पुगेको छ। बुधवार मात्रै २६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi