neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाको जितसँगै सानदार सुरुवात

च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाको जितसँगै सानदार सुरुवात

Oct 21st, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ५ कात्तिक

युरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले सानदार सुरुवात गरेको छ।मंगलबार राति भएको खेलमा बार्सिलोनाले फेरेन्कभारोसलाई ५-१ गोलले पराजित गरेको हो।

बार्सिलोनाको जितमा लियोनल मेस्सी,अन्सु फाती,फिलिप कौटिन्होले , गोन्जालेज र डेम्बेलेले एक /एक गोल गरे ।फेरेन्कभारोसको खरातिनले एक गोल फर्काए ।

खेलको २७ औँ मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ४२ औँ मिनेटमा अन्सु फातीले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।फातीले सो गोल डे जोङको पासमा गरेका हुन् ।

दोस्रो हाफको ५२ औँ मिनेटमा फिलिप कौटिन्होले गोल गर्दै टोलीलाई ३–० ले अघि बढाए । खेलको ६८ औँ मिनेटमा जेरार्ड पीके रातो कार्ड खादै मैदान बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो । ७० औं मिनेटमा फेरेन्कभारोसका खाराटिमले पेनाल्टीमा एक गोल फर्काएका थिए ।

त्यसपछि ८२ औं मिनेटमा गोन्जालेज र खेल सकिन एक मिनेट बाँकी छदा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई ५-१ को सानदार जित दिलाए । डेम्बेलेले सो गोल मेसीको पास गरेका हुन्।

जितसँगै समूह जीमा रहेको बार्सिलोनाले ३ अंक जोडेको छ र शीर्ष स्थानमा छ।

aadharbhumi
aadharbhumi
aadharbhumi