neapl investment mega bank aadharbhumi aadharbhumi

मोराटाको दुई गोलमा युभेन्ट्सको जित

Oct 21st, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ५ कात्तिक

युरोपियन च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले विजयी सुरुवात गरेको छ।मंगलबार राति भएको खेलमा युभेन्टसले डाइनामो किभलाई २-० गोलले पराजित गरेको हो।

युभेन्टसको जितमा दुवै गोल अल्भारो मोराटाले गरेका थिए ।मोराटाले दुवै गोल दोस्रो हाफमा गरेका हुन्।

दोस्रो हाफको पहिलो मिनेटमै अल्भारो मोराटाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।त्यसपछि खेलको ८४ औं मिनेटमा मोराटाले जुकाउड्राडोको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसँगै समूह जीमा रहेको युभेन्ट्सले ३ अंक जोडेको छ र दोस्रो स्थानमा छ। ।बार्सिलोना ३ अंकसहित शीर्ष स्थानमा छ।

aadharbhumi
aadharbhumi
aadharbhumi