neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बनेपाबाट मङ्गलटारहुँदै बेत्तेनीसम्म पहिलोपटक बससेवा

बनेपाबाट मङ्गलटारहुँदै बेत्तेनीसम्म पहिलोपटक बससेवा

Oct 20th, 2020

बनेपा, ४ कात्तिक /रासस

काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाको वडा नं. ५ महाभारत क्षेत्रको अति विकट बुढाखानीको घुँडे–बेत्तेनीसम्म यात्रुबाहक बस सञ्चालनमा आएको छ । बागमती प्रदेशका प्रदेशसभा सदस्य रत्न ढकालले बस सेवा शुभारम्भ गरेपछि सोमबारबाट मङ्गलटार–जुकेपानी–पारलेख–चैनपुर हुँदै घुँडे–बेत्तेनीसम्म यात्रुबाहक बस सञ्चालनमा आएको हो ।

प्रदेशसभा सदस्य ढकालले जनताको साथमा सरकार भएकाले महाभारतका विकट क्षेत्रका बासिन्दालाई नआत्तिन आग्रह गर्नुभयो । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले विकासका लागि गाउँपालिकाले निरन्तर काम अगाडि बढाईरहेको बताउनुभयो । पहिलो पटक गाउँमा यात्रुबाहक बस आएपछि घुँडे र बेत्तेनी लगायतका स्थानीय खुशी भएका छन् । यसअघि बनेपा धुलिखेल जानको लागि मङ्गलटारसम्म हिड्नुपर्ने बाध्यता रहेकोमा अब गाउँमा नै बस आएपछि निकै खुशी लागेको स्थानीय लमोमाया तामाङले बताउनुभयो ।

बेत्तेनीका बुद्ध बालउन्नती प्राविका प्रधानाध्यापक रोजल मोक्तानले पहिलो पटक गाउँमा बस आउँदा धेरै खुशी लागेको बताउनुभयो । “हामीले यहाँको घर आँगनमा नै यसरी बस आउँछ भनेर त सोचेको थिएनौ, तर आज आफ्नै आँगन भएर बस आउँदा निकै खुशी छौं”, उहाँले भन्नुभयो । बस सेवा नियमति सञ्चालन भएपछि अब त्यहाँका बासिन्दाले कृषि उत्पादनलाई सजिलै बजारसम्म पु¥याएर आम्दानी गर्न सकिने भएको छ । यसअघि यातायातको सुविधा नहँुदा बजारसम्म बोकेर लानुपर्ने बाध्यताले विक्री वितरण समस्या झेल्नुपरेको थियो ।

बागमती प्रदेश सरकारको ५० लाख र महाभारत गाउँपालिकाको ३० लाख गरी कूल ८० लाख लागतमा मोटरबाटो निर्माण सम्पन्न भएपछि सोमबारबाट गणेश हिमाल तराई यातायात प्रा।लिले दैनिक रुपमा बस सञ्चालनमा ल्याएको हो । बनेपाबाट बेत्तेनीसम्मको लागि प्रतिब्यक्ति चार सय रुपैयाँ भाडा र सामान ढुवानीको लागि प्रति किलो चार रुपैयाँका दरले भाडा लिने सम्झौता भएको समितिले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi