neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौं उपत्यकामा थपिए १७०२ संक्रमित

काठमाडौं उपत्यकामा थपिए १७०२ संक्रमित

Oct 20th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ४ कात्तिक

मंगलबार काठमाडौंमा उपत्यकामा थप १७०२ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा १७०२ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका १४३१ जना, ललितपुरका १२३ र भक्तपुरका १४८ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि सोमबार उपत्यकामा २३८८ सङ्क्रमित थपिएका थिए।

नेपालमा मंगलबार थप ३०९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या १ लाख ३९ हजार १२९ पुगेको छ । पछिल्लो २४ घण्टामा २१०८ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ९६ हजार ६०९ पुगेको छ ।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७६५ पुगेको छ। सोमबार मात्रै ८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।