neapl investment mega bank
  • गृहपृष्ठ
  • कात्तिक १६ गतेदेखि हुने भनिएको लोक सेवा आयोगका सबै लिखित परीक्षा स्थगित

कात्तिक १६ गतेदेखि हुने भनिएको लोक सेवा आयोगका सबै लिखित परीक्षा स्थगित

Oct 20th, 2020

आधारभूमि संवाददाता

काठमाडौं ,कार्तिक ४

कोरोना महामारीको कारण लोक सेवा आयोगका सबै लिखित परीक्षा पुन रोकिएका छन् ।

लोकसेवा आयोगले आज एक सूचना जारी गरी कात्तिक १६ गतेदेखि हुने भनिएका सबै लिखित परीक्षा स्थगित गरेको जनाएको छ।

कोरोनाभाइरसका कारण परीक्षार्थीमा देखिएको भय र आयोगका कर्मचारी नै कोरोना संक्रमित भएर आइसोलेसनमा बसेकाले परीक्षा स्थगित गरेको आयोगले जनाएको छ।

सोमबार बसेको आयोगको बैठकले अर्को सूचना नआउन्जेलका लागि निजामती, सुरक्षा निकाय र संगठित संस्थाका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

यसअघि आयोगले कोरोना संक्रमण भएका उम्मेदवारलाई लिखित परीक्षा सहभागी हुन नपाउने गरी निर्देशिका जारी गरेको थियो।

उक्त निर्देशिका उजुरी परेपछि सर्वोच्च अदालतले अन्तरिम आदेश दिँदै संक्रमितलाई पनि परीक्षामा सहभागी गराउने व्यवस्था मिलाउन निर्देशन दिएको थियो।

गत चैतमा हुनु पर्ने राजपत्रांकित तृतीय श्रेणीको लगायत लिखित परीक्षा कोरोना महामारीको कारणले रोकिएका छन् ।