neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रधानसेनापतिबाट उपप्रधानमन्त्री तथा निवर्तमान रक्षामन्त्रीको सम्मानमा बिदाई कार्यक्रम आयोजना

प्रधानसेनापतिबाट उपप्रधानमन्त्री तथा निवर्तमान रक्षामन्त्रीको सम्मानमा बिदाई कार्यक्रम आयोजना

Oct 20th, 2020

काठमाडौ, कात्र्तिक ४

प्रधानसेनापती पुर्णचन्द्र थापाले उपप्रधानमन्त्री तथा निवर्तमान रक्षामन्त्री ईश्वर पोखरेलको सम्मानमा बिदाई कार्यक्रम आयोजना गरेकाछन । नेपाली सेनाका अनुसार कात्र्तिक दुई गते आईतबार जंगी अड्डा स्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा उपप्रधानमन्त्री तथा निवर्तमान रक्षामन्त्री पोखरेलको सम्मानमा बिदाई कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा प्रधानसेनापति महारथी थापाले स्वागत मन्तव्य राख्दै उपप्रधानमन्त्री पोखरेलले करीव तीन वर्ष रक्षामन्त्रीको जिम्मेवारी बहन गर्दा उनको मार्गनिर्देशन र नेतृत्वमा रक्षा मन्त्रालय तथा नेपाली सेनामा स्थापित हुँदै गएको सुधारात्मक कार्यको थालनीका लागि हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका थिए । सोही क्रममा उनले मन्त्रीले कार्यभार सम्हालेपछि मन्त्रालयका कामहरुमा सहजता र सरलता अनुभुत भएको उल्लेख गर्दै राष्ट्रिय सुरक्षा नीति २०७५ को कार्यान्वयन कार्ययोजनाको स्वीकृति प्रतिरक्षा नीतिको मस्यौदा निर्माण, राष्ट्रिय प्रतिरक्षा विद्यालयको स्थापना जस्ता धेरै उपलब्धि हासिल हुनुमा वहाँको नेतृत्व महत्वपूर्ण रहेको बताएका थिए । उक्त बिदाई कार्यक्रमको दौरान प्रधानसेनापति थापाले निवर्तमान रक्षामन्त्रीलाई सम्झना स्वरुप मेमेन्टो समेत प्रदान गरेका थिए ।

कार्यक्रमको अन्त्यमा मन्तव्य राख्दै माननिय उपप्रधानमन्त्री पोखरेलले आफ्नो रक्षामन्त्रीको कार्यकालको दौरान नेपाली सेनाले राष्ट्रिय विपद्का दौरान गरेका उद्धार तथा राहत, कोभिड १९ को महामारीको प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा निर्वाह गरीरहेको भूमिका तथा नेपाल सरकारबाट प्राप्त अन्य विकास निर्माण, प्रकृति संरक्षण आदी महत्वपुर्ण कार्यहरुको स्मरण गर्दै आफ्ना जिम्मेवारीहरु कुशलतापूर्वक निर्वाह गरेकोमा प्रशंसा गरे । उनले आफुु जुन सुकै नियुक्तिमा रहेता पनि नेपाली सेनालाइ सदैव सहयोग गरीरहने प्रतिबद्धता समेत व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे ।
उक्त बिदाई कार्यक्रममा रक्षा सचिव, बलाधिकृत रथी, रक्षा मन्त्रालयका पदाधिकारीहरु, रथीवृन्द लगायत अधिकृतहरुको उपस्थिती रहेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi