neapl investment mega bank aadharbhumi aadharbhumi

चोरी गरेको अभियोगमा दुई जना पक्राउ

Oct 19th, 2020

कास्की, ३ कात्तिक

माछापुच्छ्रे गाउँपालिका-४ लाचोकस्थित शारदा एण्ड सरोज किराना पसलबाट रिचार्ज कार्ड, नगद १ लाख ३० हजार रुपैयाँ, औंठी लगाएतका सामान चोरी गरेको अभियोगमा २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-८ न्युरोड बस्ने तनहुँ रिसिङ गाउँपालिका-२ घर भएका ३० वर्षीय मधु थापा र कास्की माछापुच्छ्रे गाउँपालिका-४ लाचोक घर भएका ३८ वर्षीय सूर्य बहादुर घर्ती रहेका छन् ।

गत असोज २४ गते उक्त पसलबाट सामान चोरी गरी फरार भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा न्युरोडस्थित मधुको कोठामा उक्त चोरी भएका सामान सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुबाट नगद ७७ हजार २ सय ९० रुपैयाँ प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi