neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

Oct 19th, 2020

काठमाडौं, कात्र्तिक ३

अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी झापा मेचीनगर नगरपालिका १२ बस्ने ३८ वर्षीय नरेश मेचेलाई घटनाको ६ वर्षपछि आइतबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत झापाको २०७३ असार २१ गतेको फैसलाले संगठित रुपमा मानव अपहरण गरी शरीर बन्धक बनाएको र ज्यान मार्ने उद्योग मुद्दामा १७ वर्ष कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२९ गोंगबुस्थित होटेल काठमाडौं ईनबाट पक्राउ गरेको हो ।

झापा बिर्तामोड नगरपालिका ६ बस्ने पुरुषलाई २०७१ माघ १८ गते मेचे समेतका व्यक्तिहरुले हतियार देखाई अपहरण गरी झापा धरमपुरस्थित घरमा बन्धक बनाई राखेको अवस्थामा माघ २३ गते प्रहरीले पीडितलाई अपहरणमुक्त गरेको थियो । सो क्रममा १ जना प्रहरी कर्मचारी घाइते समेत भएको उक्त घटनामा जिल्ला अदालत झापाले मेचेलाई उक्त कैद तथा जरिवाना फैसला गरेको थियो ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi