आधारभूमि संवाददाता
काठमाडौँ, ३ कात्तिक
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्री नेम्वाङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका हुन् र आफ्नो सम्पर्कमा रहेका सबैलाई स्वास्थ्यको ख्याल गर्न पनि अनुरोध गरेका छन् ।
यस अघि संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री योगेश भट्टराई र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेललाई सङ्क्रमण पुष्टि भएको थियो ।