neapl investment mega bank aadharbhumi aadharbhumi

एपीएफ टोलीद्वारा सुनसहित पक्राउ

Oct 19th, 2020

धनुषा, कात्र्तिक ३

धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका ७ स्थित भमरपुरा चोकबाट कार्तिक २ गते एपीएफ टोलीले करीव १६ लाख २३ हजार रुपैयाँ बराबरको अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको बलुवा नगरपालिका ७ बस्ने ३४ वर्षिय रामचन्द्र साह छन् ।

बा १० च ३५६८ नम्बरको भ्यानमा सवार निज साहलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा गाडीको सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको २ सय ग्राम सुन फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उक्त भ्यान समेत बरामद गरेको छ ।

पक्राउ परेका साहलाई बरामद सुन तथा भ्यानसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ । बरामद भ्यानको भन्सार दाखिला मुल्य १५ लाख रुपैयाँ रहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi