neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • काठमाडौं उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं उपत्यकामा थपिए २३८८ संक्रमित

Oct 19th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ३ कात्तिक

सोमबार काठमाडौंमा उपत्यकामा थप २३८८ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा २३८८ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका २००८ जना, ललितपुरका २८१  र भक्तपुरका ९९  जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि आइतबार उपत्यकामा १६९८ सङ्क्रमित थपिएका थिए।

नेपालमा सोमबार थप ३७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या १ लाख ३६ हजार ३६  पुगेको छ । पछिल्लो २४ घण्टामा २३३५ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ९४ हजार ५०१ पुगेको छ ।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७५७ पुगेको छ। सोमबार मात्रै १८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi