neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रभु बैंकको लिवाङ शाखा कार्यालय सञ्चालनमा

प्रभु बैंकको लिवाङ शाखा कार्यालय सञ्चालनमा

Oct 19th, 2020

काठमाडौ, कात्र्तिक ३

प्रभु बैंक लिमिटेडले आफ्नाे शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज सोमबारदेखि रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं. ०४ स्थित लिवाङमा आप्mनो २१० औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको लिवाङ शाखा कार्यालयको समुद्घाटन रोल्पा नगरपालिकाका मेयर पुर्ण के. सीले गरेका हुुन ।

बैंकको लिवाङमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी के. सी ले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यतm गरेकाछन ।

बैंकको लिवाङमा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा लिवाङ शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बिस्वास लिएको बैंकले जानकारी दिएको छ ।