neapl investment mega bank
  • गृहपृष्ठ
  • भारतमा कोरोना संक्रमितको संख्या ७५ लाख ५० हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ७५ लाख ५० हजार नाघ्यो

Oct 19th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, कात्र्तिक ३

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ७५ लाख ५० हजार भन्दा बढी पुगेको छ । स्रोतको अनुसार कुल सङ्क्रमितको संख्या ७५ लाख ५० हजार २७३ पुगेको हो । ती मध्ये ५५ हजार ७२२ जना पछिल्लो २४ घण्टामा थपिएका छन् ।

कुल सङ्क्रमित मध्ये ७ लाख ७२ हजार २३ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यस बाहेक ६६ लाख ६३ हजार ६०८ जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा अहिलेसम्म १ लाख १४ हजार ६४२ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको छ । ती मध्ये ५७९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ८३ लाख ८८ हजार १२ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख २४ हजार ७३२ पुगेको छ ।

स्रोत: वर्ल्डोमीटर

https://www.worldometers.info/coronavirus/