neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पार्किङबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा पक्राउ

पार्किङबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा पक्राउ

Oct 19th, 2020

सुनसरी, ३ कात्तिक

ईटहरी उपमहानगरपालिका-६ स्थित रिजाल भिजन पार्टी प्यालेस अगाडि पार्किङ गरी राखेको को.२४ प ७५९६ नम्बरको मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा देवानगंज गाउँपालिका-३ बस्ने २१ वर्षीय मनोज मेहता र सोही ठाउँ बस्ने २० वर्षीय रमेश मेहता रहेका छन् । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi