आधारभूमि संवाददाता
काठमाडौं, ३ कात्तिक
विश्वभर महामारकिो रूपमा फैलिएको कोरोना सङ्क्रमितको सङ्ख्या संयुक्त राज्य अमेरिकामा ८३ लाख नाघेको छ ।
नेपाली समय सोमबार ११:०० बजे सम्म अमेरिकामा ८३ लाख ८७ हजार ७९९ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
चीनको वुहानमा कोभिड–१९ सङ्क्रमण फैलिएको गत वर्षको अन्त्यतिर सार्वजनिक भएको भएपनि अमेरिकामा पहिलो सङ्क्रमित विरामी जनवरी २१ मा भेटिएको थियो । अमेरिकामा सोमबारसम्म २ लाख २४ हजार ७३० व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । २७ लाख ७ हजार ३८५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ ।सङ्क्रमितमध्ये हालसम्म ५४ लाख ५७ हजार ६८४ व्यक्ति कोरोना मुक्त भएका छन् ।सङ्क्रमितमध्ये १५ हजार ३८० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
अमेरिकापछि बढी सङ्क्रमण भारतमा ७५ लाख ५० हजार भन्दा बढीमा सङ्क्रमण देखिएको छ भने तेस्रो धेरै सङ्क्रमित सङ्ख्या ब्राजिलमा ५२ लाख ३५ हजार भन्दा बढी सङ्क्रमित भएका छन् ।
स्रोत : वर्ल्डोमीटर