आधारभूमि संवाददाता
काठमाडौ, कात्र्तिक ३
विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या ११ लाख १८ हजार नागेको छ ।
नेपाली समय सोमबार १०:३० बजे सम्म विश्वभरीमा ४ करोड २ लाख ८१ हजार ८० जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् भने हालसम्म विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ११ लाख १८ हजार ३२६ व्यक्तिको मृत्यु भएको छ ।
सङ्क्रमितमध्ये हालसम्म ३ करोड ११ लाख ६ हजार २२८ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ९० लाख ४६ हजार ५२६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ७१ हजार ९९५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित भारतमा देखिएको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ८३ लाख ८७ हजार ७९९ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख २४ हजार ७३० पुगेको छ ।
दोस्रो धेरै प्रभावित भएको भारतमा ७५ लाख ५० हजार २७३ जना सङ्क्रमित भएका छन् भने १ लाख १४ हजार ६४२ जनाको मृत्यु भएको छ ।
त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ५२ लाख ३५ हजार ३४४ जना सङ्क्रमित भएका छन् भने एक लाख ५३ हजार ९०५ जनाको मृत्यु भएको छ ।
स्रोत: वर्ल्डोमीटर
https://www.worldometers.info/coronavirus/