neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

Oct 18th, 2020

काठमाडौं, कात्र्तिक २

मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १६ दरैयाबाट कार्तिक २ गते एपीएफ टोलीले करीव सात लाख ८३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बख्रीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय रानीमा बुझाईएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३१ गुल्म पूर्वी नवलपारासीबाट खटिएको एपीएफ टोलीले कार्तिक २ गते करीव पाँच लाख ५१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लेडिज कपडा बरामद गरेको छ । भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ४४१७ र लु २ ख २२६९ नम्बको यात्रुवाहक बसमा जाँच गर्दा उक्त बसभित्र बेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको दुई हजार सात सय ५७ पिस लेडिज कपडा एपीएफ टोलील्े पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका १० पितौजीबाट बरामद गरेको हो । बरामद कपडा भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi