neapl investment mega bank
  • गृहपृष्ठ
  • एभरेष्ट बैंक र पाँचखाल नगरपालिकाबिच कृषि ऋण सम्बन्धी सम्झौता

एभरेष्ट बैंक र पाँचखाल नगरपालिकाबिच कृषि ऋण सम्बन्धी सम्झौता

Oct 18th, 2020

काठमाडौ, कात्र्तिक २

एभरेष्ट बैंक र पाँचखाल नगरपालिकाबिच कृषिऋण सम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालयमा यही असोज ३० गते सम्पन्न भएको कार्यक्रममा काभ्रेको पाँचखाल नगरपालिका सँग कृषकहरुलाई कृषिऋण प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । यो सम्झौता अन्तर्गत एभरेष्ट बैंकले नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार पाँचखाल नगरपालिकाका कृषकहरुलाई सहुलियतपूर्ण व्याजदरमा कृषि ऋण उपलब्ध गराईने बैंकले जानकारी दिएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले बैंकका अन्य वरिष्ठ अधिकारीहरुको उपस्थितिका बिच हस्ताक्षर गरेका छन । बैंकले आफ्नो वृहत सञ्जाल मार्फत अत्याधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ । हाल बैंकको ७ वटै प्रदेशमा गरी ९८ शाखा कार्यालय , ३० राज्वस्व सङ्कलन काउन्टर तथा १२९ स्थानमा एटिएम काउन्टर रहेकाछन् ।