neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • करिब एक करोड ५७ लाख ५९ हजार रुपैयाँ बराबरको अवैध जडिबुटी यार्चागुम्बा सहित एक जना पक्राउ

करिब एक करोड ५७ लाख ५९ हजार रुपैयाँ बराबरको अवैध जडिबुटी यार्चागुम्बा सहित एक जना पक्राउ

Oct 18th, 2020

दार्चुला, कात्र्तिक २

महाकाली नगरपालिका ४ पुलघाटस्थित सडकबाट करिब १ करोड ५७ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको १७ किलो ५ सय १० ग्राम अवैध जडिबुटी यार्चागुम्बा सहित हुम्ला नाम्खा गाउँपालिका ३ बस्ने ३५ वर्षीय दोकार लामालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्दा उनले बोकेको २ वटा झोलाभित्र प्लाष्टिकमा बेरेर टाँचा लगाई ५ वटा पोकामा लुकाई राखेको अवस्थामा उक्त यार्चागुम्बा फेला पारी उनलाई पक्राउ गरेको हो ।

बरामद यार्चागुम्बा सहित उनलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi