neapl investment mega bank
  • गृहपृष्ठ
  • विश्वमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या चार करोड नाघ्यो

विश्वमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या चार करोड नाघ्यो

Oct 18th, 2020

आधारभूमि संवाददाता
काठमाडौ, कात्र्तिक २

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या चार करोड नाघेको छ ।

नेपाली समय आइतबार २:३० बजे सम्म विश्वभरीमा चार करोड १हजार ६४८ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म दुई करोड ९९ लाख १९ हजार ४०० व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ८९ लाख ६७ हजार ८८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ७१ हजार ९६५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ११ लाख १५ हजार १६० व्यक्तिको मृत्यु भएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ८३ लाख ४३ हजार १४० पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख २४ हजार २८३ पुगेको छ ।

दोस्रो धेरै प्रभावित भएको भारतमा ७४ लाख ९४ हजार ५५१ जना सङ्क्रमित भएका छन् भने १ लाख १४ हजार ६४ जनाको मृत्यु भएको छ ।

त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ५२ लाख २४ हजार ३६२ जना सङ्क्रमित भएका छन् भने एक लाख ५३ हजार ६९० जनाको मृत्यु भएको छ ।

स्रोत: वर्ल्डोमीटर
https://www.worldometers.info/coronavirus/