काठमाडौ, कात्र्तिक १
पृतनापति समन्वयात्मक बैठक २०७७’ भोलि आईतबार देखि सुरु हुुने भएको छ । नेपाली सेनाको जंगी अड्डामा, गत भाद्र महिनामा संचालन गर्ने योजना गरिएको तर कोभिड १९ महामारीका कारण स्थगन भएको पृतनापति समन्वयात्मक बैठक यही २०७७ कार्तिक महिनाको २ गते देखि ४ गतेसम्म आयोजना गरिने सेनाले जनाएको छ ।
उक्त सम्मेलनमा पृतनापतिहरुले आआफ्नो जिम्मेवारी क्षेत्रबाट भर्चुुअल्ली सहभागीता जनाउनेछन । जंगी अड्डाका सहभागीहरुले कोभिड १९ को स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण रुपमा पालना गर्ने नेपाली सेनाले जनाएको छ ।