neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शनिबार काठमाडौं उपत्यकामा थपिए १७४६ संक्रमित

शनिबार काठमाडौं उपत्यकामा थपिए १७४६ संक्रमित

Oct 17th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १ कात्तिक

शनिबार काठमाडौंमा उपत्यकामा थप १७ सय ४६ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा १७ सय ४६ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका १४ सय ५१ जना, ललितपुरका १५२ र भक्तपुरका १४३ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि शुक्रबार उपत्यकामा २ हजार ४०२ सङ्क्रमित थपिएका थिए।

नेपालमा शनिबार थप ३१६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या १ लाख २९ हजार ३०४ पुगेको छ । पछिल्लो २४ घण्टामा १८०० जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ८९ हजार ८४० पुगेको छ ।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७२७ पुगेको छ। शनिबार मात्रै १२ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi