आधारभूमि संवाददाता
काठमाडौँ, १ कात्तिक
पीएसजीले फ्रेञ्च लिग वानमा शानदार जित निकालेको छ ।शुक्रबार राति भएको खेलमा
डिफेन्डिङ च्याम्पियन पीएसजीले निम्समाथि ४–० को जित निकाल्दै सिजनमा पहिलो पटक अंक तालिकाको शीर्ष स्थानमा पुगेको हो।
खेलमा पीएसजीले १० खेलाडीमा सिमित निम्समाथि ४–० को जित निकालेको हो ।१२ औं मिनेटमा लोइक लान्ड्रे रातो कार्ड खादै मैदान बाहिरिए पछि निम्स १० खेलाडीमा सिमित बनेर खेलेको थियो ।
पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल ,एलेसेन्ड्रो फ्लोरेन्जीले र पाब्लो सरबियाले एकरएक गोल गरे । पीएसजीले एक गोल पहिलो हाफमा र अरु गोल दोस्रो हाफमा गरेको हो ।
खेलको ३२ औं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।पहिलो हाफमा १-० ले अघि बढेको पीएसजीले अरु गोल दोस्रो हाफमा गरेको हो ।
दोस्रो हाफको ७७ औं मिनेटमा एलेसेन्ड्रो फ्लोरेन्जीले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ८३ औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० ले अघि बढाए ।त्यसपछि खेल सकिन दुई मिनेट बाँकी रहँदा पाब्लो सरबियाले गोल गर्दै टोलीलाई ४–० को सानदार जित दिलाए ।
जितसँगै पीएसजीले ७ खेलबाट १५ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा झरेको रेनेसको पनि ७ खेलबाट १५ अंक छ। पराजित निम्स ८ अंक सहित १३ औं स्थानमा छ ।