neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • क्रोएसिआ पठाउने भन्दै ठगी गर्ने दुई व्यक्ति पक्राउ

क्रोएसिआ पठाउने भन्दै ठगी गर्ने दुई व्यक्ति पक्राउ

Oct 16th, 2020

काठमाडौ, असोज ३०

क्रोएसिआ पठाउने आश्वासनमा ठगी गर्ने दुई जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा मिनभवनका अनुसार प्रहरीले सप्तरी डाक्नेश्वरी नगरपालिका ६ औरहीका २५ वर्षीय मोहम्मद सहजाद आलम र ४३ वर्षीय सुकमान वाईवालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरू काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ११ कपनमा बस्दै आएका थिए । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई बुधबार बानेश्वर र कपनबाट पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ परेकाहरुले क्रोएसियामा रोजगारी गर्न पठाइदिने भन्दै नौ जना व्यक्तिहरूसँग तीन लाख सात हजार रूपैँया ठगी गरेका थिए । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर पठाएको महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi